You are viewing the translated version of पीडितको कर्तव्य.

Section 21
पीडितको कर्तव्य
यस ऐनको प्रयोजनको लागि पीडितको कर्तव्य देहाय बमोजिमहुनेछ :-

(क) प्रचलित कानून बमोजिम समयमै अधिकार प्राप्त निकाय वा अधिकारीसमक्ष कसूरका सम्बन्धमा जाहेरी वा सूचना दिने,

(ख) कसूरको अनुसन्धान र अभियोजनका सिलसिलामा अनुसन्धान वाअभियोजन गर्ने अधिकारीलाई सहयोग गर्ने,

(ग) कसूरमा संलग्न व्यक्तिलाई बचाउने उद्देश्यले अनुसन्धान अधिकारी वाअदालत समक्ष उपस्थित नहुने वा उपस्थित भएर पनि सो उद्देश्यलेबयान दिने, बकपत्र गर्ने वा कुनै प्रमाण पेश गर्ने कार्य नगर्ने,

(घ) आफ्नो वास्तविक नाम, थर, वतन, टेलिफोन नम्बर, इमेल ठेगाना उपलब्धगराउने र त्यसमा कुनै परिवर्तन भए यथाशीघ्र जानकारी गराउने ।